एजेन्सी । बलिउड नायक शाहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिख पक्राउ परे । उनी अझै पनि आर्थर रोड जेलमा छन् । शाहरुखका छोरा आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल ब्यूरोका मुम्बई प्रमुख समीर वानखेडे आफै विवादमा फसिरहेका छन् ।
उनीमाथि, बलिउड सेलिब्रिटीलाई झुटो आरोपमा पक्राउ गरेर पैसा असुली गरेको आरोप समेत लागेको छ । यस्तै, ऋतिक रोशनले फेरि एक पटक शाहरुख खानका छोरा आर्यन खानलाई समर्थन गरेका छन् । उनले जमानत अस्वीकारलाई ‘साँच्चै दुखद’ घटना भनेका छन् ।
बुधबार राति ऋतिकले सुप्रीम कोर्टका वकील दुष्यंत दवेको पत्रकार फेय डिसूजाद्वारा एक वीडियो पुन: सेयर गरेका छन् । उनले यस घटनामा आफ्नो भनाई राख्दै भनेका छन्, ‘न्यायमूर्ति नीतिम सांबरेले यस्ता पुरुषहरुलाई कसरी जमानत दिए जो ड्रग्स केसमा समातिएका थिए ?’
भिडियो सेयर गर्दै ऋतिकले लेखेका छन्, ‘यदि यी तथ्य सत्य हुन् भने दुखद छ ।’ यसअघि पनि ऋतिकले आर्यनलाई समर्थन गर्दै लामो खुल्ला पत्र लेखेका थिए । उनी यसो गर्ने पहिलो बलिउड सेलिब्रेटी हुन् । आर्यन शाहरुख खानका जेठा छोरा हुन् । उनले गत वर्ष युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाबाट स्नातक गरेका थिए ।




