एजेन्सी । साउथका सुपरस्टार पुनीत राजकुमारको निधन भएको छ । हृदयघातका कारण शुक्रबार (आज) सुपरस्टार पुनीतको ४६ वर्षको उमेरमा निधन भएको हो ।
शुक्रबार हृदयघात भएपछि सुपरस्टार पुनीतलाई विक्रम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । रिपोर्टसमा भनिए अनुसार अभनेता पुनीथलाई जिममा वर्कआउट गरिरहेको अवस्थामा हृदयघात भएको थियो ।
अस्पताल भर्ना गर्ने बित्तिकै डाक्टरहरुले अभिनेता पुनीतको अवस्था गम्भीर रहेको र सक्दो बचाउने प्रयास गर्ने बताएका थिए । शुक्रबार (आज) बिहान ११ः४० मात्रै पुनीतले टाउको दुखेको बताएपछि अस्पताल भर्ना गरिएको थियो ।
तर, भर्ना गरिएको केही समयपछि विक्रम अस्पतालले ४६ वर्षीय अभनेता पुनीथको मृत्यु भएको अफिसियल बयान सार्वजनिक गरेको हो । अभिनेता पुनीथको निधनप्रति साउथ उद्योगदेखि बलिउड उद्योगका कलाकारहरुले शोक ब्यक्त गरिरहेका छन् ।




