एजेन्सी । भारतीय टेलिभिजन रियालिटी सो ‘बिग बोस सिजन १३’cका विजेता सिद्धार्थ शुक्लाकि प्रेमिका शहनाज गिलले उनकाे सम्झनामा गीत गाएकाे गीत सार्वजनिक गरेकि छिन् । सिद्धार्थकाे असामयिक निधनपछि शहनाजले उनलाई समर्पित गर्दै ‘तु यहीँ है’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
गीत छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । गीतमा शब्द र संगीत राज रन्जोधको रहेको छ । गीतको भिडियो निर्देशन बल देवले गरेका हुन् । शुक्रबार सार्वजनिक भएको गीतमा बिग बोसमा शहनाजले सिद्धार्थसँग बिताएका क्षणहरुको फुटेजहरु प्रयोग गरिएको छ ।
सिद्धार्थको निधन गत सेप्टेम्बरमा हृदयघातबाट भएको थियो । बिग बोस सिजन १३ मा सिद्धार्थ र शहनाज गिल सोमा संगै सहभागी भएका थिए । उनीहरूलाई प्रेम सम्बन्धमा रहेका थिए । शिद्धार्थको निधनपछि उनीहरुको बिहे हुन लागेको समाचर समेत आएकाे थियाे ।
प्रेमीको निधनपछि शहनाजले खान छोडेको र अस्पतालमा भर्ना भएको खबर पनि बाहिरियो । सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीतले सार्वजनिक भएको केही घन्टामै लाखौंको ध्यान खिचेकाे छ । शहनाजले गीत आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन् ।




