एजेन्सी । भारतीय टिभी सिरियलहरूमा जति तर्कविहीन र रमाइला दृश्यहरू देखिन्छन्, त्याे अरू कुनै पनि कार्यक्रममा देखिँदैन । कहिले नायिका सुटकेसमा बन्द हुन्छिन् त कहिले छेपाराे बन्छिन् । यस्ता दृश्य सामाजिक सञ्जालमा भाइरल हुन धेरै समय लाग्दैन । अहिले टिभीको चर्चित शो ‘थपकी प्यार की २’ को एउटा दृश्य इन्टरनेटमा भाइरल छ ।
टिभी सिरियल ‘थपकी प्यार की २’ केही समय अघिदेखि सुरु भएको छ । यस सिरियलमा वाणी उर्फ थपकीकाे विवाह पुरवसँग भएकाे देखाइएको छ । विवाहपछिको एपिसोडको एउटा दृश्य सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो दृश्य हेरेपछि प्रयोगकर्ताले निकै हास्याँस्पद प्रतिक्रिया दिइरहेका छन् ।
एपिसोडको भिडियो क्लिपमा केही यस्तो छ, जसलाई देखेर प्रयोगकर्ता आफ्नो हाँसो र आश्चर्य रोक्न सक्दैनन् । भाइरल क्लिपमा थपकी ड्रेसिङ टेबल नजिकै उभिएकी हुन्छिन् । उनका श्रीमान् पुरज हिँड्दै गर्दा भिजेको भुइँमा चिप्लिन्छन् र थपकि भएतर्फ पुग्छन् । त्यसपछि उनकाे औँलामा अचानक सिन्दुर लाग्छ र त्याे हात थपकिकाे सिउँदाेमा पुग्छ ।
भिडियो हेरेर प्रयोगकर्ताहरूले यो सरासर गफ हो र यो कहाँ हुन्छ भनेर मजाग उडाइरहेका छन् । २ मिनेट ३६ सेकेन्डको यो रमाइलो भिडियो लाखौं पटक हेरिएको छ । यो भिडियोले सामाजिक सञ्जालमा धुम मच्चाइरहेको छ । प्रयोगकर्ताहरूले भिडियोमा धेरै हास्याँस्पद टिप्पणीहरू मात्र गरिरहेका छैनन्, तिनीहरूले यसको मेम्स पनि बनाइरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘यार, यसलाई नासामा पठाउनुहोस् र नासाका मानिसहरूलाई बृहस्पति ग्रहमा पठाउन भन्नुहोस् । धेरै प्रतिभाशाली केटा । पठाऊ साथी, छिट्टै पठाऊ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘भारतका जनताले यस्तो नाटक गर्ने विश्वास कहाँबाट पाउँछन् ?’




