काठमाडाैं । हाँस्य कलाकार जितु नेपालले सञ्चालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ को प्रशारण बन्द हुने भएकाे छ । शाे का कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्काे रियालिटी शाेकाे हाेस्ट बन्ने पक्का भएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’ काे प्रशारण आउँदो सातादेखि बन्द गर्ने निर्णय गरेका हुन् ।
याे शाे करिब डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको थियाे । अब यो शो यो शो बन्द भएपछि आफूले केही समय विश्राम लिने र नयाँ शो दर्शकमाझ ल्याउने बताएका छन् ।
उमेश राईले आफ्नो चर्चित गेटअप ‘फुलन्देकी आमा’ नै बनेर डान्स रियालिटी शो ‘डान्स च्याम्पियनसिप’को होस्ट गर्दैछन् । दुबै शोमा एउटै गेटअपमा देखिदा समस्या हुन सक्ने भएपछि शाे बन्द गर्न लागिएकाे हाे ।
अहिले सिजन–२ को ५४औँ एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।




