एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशल पछिल्लो समय एकअर्कालाई डेट गरिरहेका छन् । यद्यपी दुबैले सम्बन्धको पुष्टि भने गरेका छैनन् । दुवैजना धेरै कार्यक्रम र पार्टीमा सँगै देखिएका छन् । यतिबेला बिहे गर्ने चर्चा छ । दुवैले डिसेम्बर महिनामा विवाह गर्ने बताइएको छ । दुबैको पहिरन सब्यसाचीले तयार पारेका हुन् ।
इ-टाइम्सकाे रिपोर्ट अनुसार दुवैले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्नेछन् । उनीहरूले राजस्थानको सवाई माधोपुर रोयल भेन्यु बुक गरेका छन् । यस दरबारमा तीनवटा रेस्टुरेन्टहरू छन् जहाँ स्थानीय परिकारहरू पाइन्छ । यससँगै त्यहाँ अन्तर्राष्ट्रिय खाना पनि पाइन्छ । महिला दरबार र वरपरका मन्दिरहरूको बीचमा रहेको यस किल्लामा स्पा पनि छ । सिक्स सेन्स फोर्ट बर्वराको केन्द्रीय आँगनलाई परम्परागत बगैंचामा परिणत गरिएको छ, जसमा विभिन्न प्रकारका रुख तथा बिरुवा रोपिएको छ ।
बलिउड लाइफको नयाँ रिपोर्ट अनुसार कट्रिना कैफ आफैँले राजस्थानको यो स्थान रोजेकी हुन् । रिपोर्टका अनुसार कट्रिना पक्कै पनि महारानी स्टाइलमा विवाह गर्न चाहन्थिन् । साथै, उनी उत्कृष्ट परम्परागत गहना बोक्न चाहन्थिन् । उनलाई राजस्थानको संस्कृति धेरै मन पर्छ । उनी राजस्थानी विवाहमा पाहुनाका रुपमा पुगेकि थिइन्, त्यसपछि उनले यही परम्परा अनुसार विवाह गर्ने निर्णय गरेकि थिइन् ।
कट्रिना कैफको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी हालै रणवीर सिंहको शो ‘द बिग पिक्चर’ मा आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ को प्रमोशनमा देखिएकी थिइन् । कट्रिनाले यहाँ रणवीर सिंहसँग धेरै रमाइलो गरेकी छिन् । यस फिल्ममा कट्रिना र अक्षय कुमार मुख्य भूमिकामा छन् । यसबाहेक फिल्ममा रणवीर सिंह र अजय देवगनको क्यामियो रोल रहेको छ, जुन निकै रोचक देखिने छ ।




