एजेन्सी । बलिउडका ह्यान्डसम हङ्क रणबीर कपुरले सन् २००७ मा फिल्म ‘सावरिया’ मार्फत् बलिउडमा प्रवेश गरेका थिए । चकलेटी लुक्स, अग्लो कद, मिठाे मुस्कान, यी नै कुराबाट रणबीरले इन्डस्ट्रीमा प्रवेश गर्ने बित्तिकै महिला फ्यानहरूलाई माेहित बनाएका थिए । ‘सावरिया’ बक्स अफिसमा फ्लप भयाे तर उनको करियरले गति लिनु थियाे । रणवीर बी-टाउनका शीर्ष नायकहरूमा पर्ने थिए ।
रणवीर कपूरले आफ्नो पहिलो फिल्मबाट नै भूमिकामा परफेक्शनका लागि हरेक चुनौतीको सामना गर्ने बताएका थिए । रणवीर कपुरले पहिलो फिल्ममा नग्न दृश्य दिएका थिए । रणवीर कपुर पुगे लगत्तै सनसनी मच्चाए । रणवीर कपुरले चलचित्र सावरियाको ‘जबसे तेरे नैना’ गीतमा तौलिया डान्स गरेका थिए । जसका लागि रणवीर कपुर नग्न देखिएका थिए । उनको यो दृश्य भाइरल भएको थियो । धेरै चर्चा भयो । तर के तपाईँलाई थाहा छ, सञ्जय लीला भन्साली जस्ता परफेक्शनिस्ट निर्देशकको फिल्मको यो दृश्य दिन रणवीरले ७० टेक लिएका थिए ।
यसको खुलासा रणवीर कपुर स्वयमले गरेका छन् । फिल्म समीक्षक अनुपमा चोपडासँगको कुराकानीमा रणबीर कपूरले तौलिया नृत्य दृश्यको पछाडि आफ्नो कडा मेहनतको बारेमा बताए। रणवीरले भने–‘मैले भन्सालीकाे चलचित्रबाट करियर सुरु गरेँ । उनले ४५ टेक भन्दा कममा कुनै पनि दृश्य वके गर्दैनन् । मैले मेरो टाउको घुमाउनु पर्ने सिनमा ५० टेक दिनु परेकाे थियाे । जबसे तेरे नैना गीतमा तौलियाको दृश्य थियो । गीतमा कुर्सीमा बस्नुपर्ने र त्यसपछि लड्नुपर्ने सिन थियाे । मेरो तौलिया मेराे टाङ देखिने गरि खस्नुपर्ने थियाे ।’
रणवीरले ७० टेक दिएपछि तौलियाको दृश्य पूरा गरेका थिए । त्यतिबेला रणवीरले धेरै मिहिनेत गर्नुपरेको भएपनि उनको मिहिनेतले पछि सार्थकता पायो । रणवीर कपुरको यो गीत आउनेबित्तिकै हिट भयो । उनको तौलिया नृत्य आज पनि मानिसको मनमा छ । यसका लागि रणवीरले निकै तारिफ पाएका थिए ।




