काठमाडाैं । ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप कमेडियन विक्की अग्रवाललाई मातृशोक परेको छ । उच्च रक्तचाप र मधुमेहको बिरामी उनकी आमा दुर्गा मगरको मंगलबार निधन भएको छ ।
भारतको सिक्किम निवासी विक्की र उनकी आमा दुर्गा भाइटीकाको दिन नेपाल आएका थिए । मंगलबार ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
यसपछि, उनलाई उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनलाई डाक्टरहरुले मृत घोषित गरेको थियो । यसबारे हाँस्य कलाकार मनाेज गजुरेलले पुष्टि गरेका छन् ।
विक्कीका बुबा र दाजु नेपाल आएर आज बेलुकी ४ बजे दुर्गाको शवलाई सिक्किम लगिएकाे छ ।




