हाँस्य कलाकार सुरवीर पण्डित (दारी बा) लाई पितृ शोक परेको छ । कलाकार पण्डितका पिता लोक बहादुर पण्डितको ७८ बर्ष को उमेर मा आज अपरान्ह निधन भएको छ ।
केहि समय यता लोक बहादुर दम रोगका कारण ह्याम्स अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा उनकाे आज निधन भएको हो ।
अहिले बेलुकी ६ बजे पशुपति आर्य घाटमा दाह संस्कार गरिने सुरबीर पण्डितका भाई माधब पण्डितले जानकारी गराएका छन् ।




