काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा धुमधामका साथ छठ पर्व मनाइँएको हो ।

बिशेष गरेर सूर्यदेवको उपासना गरिने छठ कात्तिक शुक्ल चतुर्थीमा सुरु भई कात्तिक शुक्ल सप्तमीमा सम्पन्न हुन्छ । सुख, समृद्धि, रोगमुक्त लगायत विभिन्न फल प्राप्तीको आकांक्षा राखिने छठ सर्वसाधारणझैं नेपाली कलाक्षेत्रका विभिन्न सेलिब्रेटीले पनि धुमधामका साथ मनाउने गर्दछन् ।

कलाकार तथा निर्देशक दीपा श्री निरौलाले आफ्नो जन्मथलो विराटनगर पुगेर परिवार र आफन्तजनको साथमा छठ मनाएकी छन् । कलाकार रेखा थापाले पनि आफूले छठ मनाएको तस्बिर समाजिक सञ्जालमा राखेकी छन् । त्यस्तै अभिनेत्री सञ्चिता लुइँटेलले पनि छठ मनाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।





