एजेन्सी । अंकिता लोखंडे यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । अंकिता चाँडै प्रेमी विक्की जैनसँग विवाह बन्धनमा बाँधिदैछिन् भन्ने चर्चा छ । यसैबीच, अंकिताले आफ्नो बिहेको सङ्केत पनि दिँदै आफू अनुकूल जुत्ताको तस्बिर सेयर गरेकी छिन् ।
अंकिताले इन्स्टाग्राम स्टोरीमा आफ्नो तीन जोडी जुत्ताको तस्बिर सेयर गरेकी छिन्, जसमा एउटा जुत्तामा ‘ब्राइड टु बी’ लेखिएको छ । उनले यो उपहार जुत्ता पसलबाट पाएकी हुन्, जुन अंकिताले सेयर गरेकि छिन् । जुत्ताको बाकसमा ‘ह्याप्पी ब्राइड’ पनि लेखिएको थियो । अब यी उपहारलाई हेर्दा अंकिता छिट्टै दुलही बन्न लागेकी छिन् भन्ने अनुमान लगाउन सकिन्छ ।
यसअघि ई-टाइम्सले अंकिता र विक्की जैनको विवाहको विवरण साझा गरेको थियो । रिपोर्टका अनुसार अंकिता र विक्कीले डिसेम्बरमा बिवाह गर्दैछन् । यो जोडीले डिसेम्बर १२, १३ र १४ मा विवाह गर्ने बताइएकाे छ । यद्यपी यसबारे आधिकारिक धारणा भने आएको छैन । अंकिताले छिट्टै बिहेको निमन्त्रणा दिने बताइएको छ ।
अंकिताले विक्कीसँगको आफ्नो सम्बन्ध कसैबाट लुकाएकी छैनन् तर गत वर्ष सुशान्त सिंह राजपुतको मृत्युपछि उनीहरुको गहिरो सम्बन्धले सबैको मन जित्यो । विक्कीले अंकितालाई पूर्ण समर्थन गरेका थिए । उनले सुशान्त सिंह राजपुतलाई न्याय दिन जनतासँग अपिल पनि गरेका छन् । समयसँगै अंकिता आफ्नो सामान्य जीवनमा फर्किइन् र उनले विक्कीलाई यति धेरै समर्थन गरेकोमा हृदयदेखि धन्यवाद दिए ।
आज दुवै एकअर्काको साथी बन्न केही दिन मात्र टाढा छन् । अंकिता सुशान्तकि पूर्व प्रेमिका हुन् ।




