एजेन्सी । घाइते जोफ्रा आर्चरका लागि मुम्बई इन्डियन्सले ८ करोड खर्च गरेको छ । मुम्बईले इङ्ल्यान्डका यी फास्ट बलरलाई जसरी पैसा खसालेको देखेर फ्यान पनि छक्क परेका छन् ।
आर्चर लामो समयदेखि चोटसँग लडिरहेका छन्, जसका कारण उनी क्रिकेट मैदानबाट टाढा छन् र उनको आईपीएल २०२२ मा खेल्ने सम्भावना पनि नगण्य छ । यसका बाबजुद पनि बैंगलोरमा भएको आईपीएल लिलामीको दोस्रो दिन आर्चरका लागि फ्रेन्चाइजीहरुबीच राम्रो प्रतिस्पर्धा भएको थियो र मुम्बई इन्डियन्सले ८ करोड भारुमा उक्त बलरलाई किनेको थियो ।
यसै सम्बन्धमा आकाश अम्बानीले आईपीएलको सबैभन्दा सफल टोली आर्चरका लागि यति धेरै पैसा खर्च गर्नुको कारण बताए । उनले भने कि आर्चर आज घाइते छन्, तर जब उनी फिट हुन्छन्, जसप्रित बुमराहको बलियो पार्टनर हुनेछन् ।
जोफ्रा आर्चर एक मात्र मार्की फास्ट बलर थिए
५ पटकको आईपीएल च्याम्पियन मुम्बईले लिलामीको दोस्रो दिन इङ्लिस फास्ट बलरलाई किनेको थियो । भर्चुअल प्रेस कन्फ्रेन्समा मुम्बई इन्डियन्सले यी सबै कुरालाई ध्यानमा राखेको बताए ।
एउटा विकल्प हामीलाई धेरै स्पष्ट भयो कि सूचीमा जोफ्रा एक मात्र ‘मार्की’ फास्ट बलर थिए । त्यसै कारण हामीले पहिले नै उनको नामको चर्चा गरेको आकाशले बताए । अवश्य पनि जोफ्रा आर्चर यस वर्ष उपलब्ध छैनन्, तर जब उनी फिट भएर फर्किन्छन्, म विश्वस्त छु कि उनी जसप्रित बुमराहसँग बलियो साझेदार हुनेछन् ।




