एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनका बारेमा प्रसंसक तथा शुभचिन्तकलाई धेरै कुरा थाहा छ । उनी समय समयमा अन्तर्वार्ता र शो हरुमा आफ्नो जीवनको महत्वपूर्ण किस्साहरु सुनाइरहेका हुन्छन् । सामाजिक सञ्जालमा पन अमिताभ बच्चन सक्रिय रहन्छन् । उनको एक भ्लग पनि छ, जसमार्फत् उनी फ्यानलाई आफ्नो दिन र व्यावसायिक जीवनबारे जानकारी दिइरहेका हुन्छन् ।
हालसालै गेम शो ‘कौन बनेगा करोडपछि १३’ मा अमिताभ बच्चनले एक प्रतियोगीलाई आफू पाइलट बन्न चाहेको बताए । तर उनले सोचे कि उचाइ भएकाले हवाईजहाजमा कसरी प्रवेश गर्ने ? अमिताभ बच्चन एयरफोर्समा भर्ना हुन चाहन्थे र विमान उडाउन चाहन्थे, तर उनको सपना लामो समय टिक्न सकेन । यस क्रममा अमिताभ बच्चनले आफ्नो सपना आमाको कारणले पुरा गर्न नसकेको बताउ । किनकी उनकी आमा डराउँथिन्, आखिर हवाईजहाजमा कसरी पस्छ ?
अमिताभ बच्चनले भने, ‘म सानैमा एयरफोर्समा भर्ना हुने र पाइलट बन्ने सपना देख्ने गर्थेँ, तर आमालाई डर थियो कि मैले हवाईजहाज कसरी उडाउँछु ? तर एउटा कुरा मलाई पनि लाग्थ्यो कि मेरो खुट्टा हवाईजहाज लामो छ म कसरी भित्र पस्ने ?’
अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १३’ होस्ट गरिरहेका छन् । उनी अयान मुखर्जीको चलचित्र ‘ब्रम्हास्त्र’ मा देखिँदैछन् । यस चलचित्रमा आलिया भट्ट र रणवीर कपूर मुख्य भूमिकामा देखिने छन् । यसबाहेक यो चलचित्र ‘द इन्टर्न’ मा देखिँदैछन् । यस फिल्ममा दीपिका पादुकोण मुख्य भूमिकामा छिन् ।




